Logo

अर्थ

माछापुच्छ्रे बैंकको संस्थापक सेयर बिक्रीमा



काठमाडाैं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै १ लाख ९३ हजार ३९८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र माछापुच्छ्रे क्यापिटलको सेयर विभागमा आवेदन दिनु पर्नेछ ।

यसरी आवेदन दिदा आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाउनु पर्ने बैंकले जनाएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार ११:३५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।