काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा एभरेष्ट बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको छ। बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले बैंकको ५ प्रतिशत बोनश शेयरपछिको मूल्य समायोजन गरेको हो। समायोजनपश्चात बैंकको सेयर मूल्य ६९२ रुपैयाँ ८६ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्य ७२७ रुपैयाँ ५० पैसाका आधारमा बैंकको सेयर मूल्य समायोजन गरेको हो।
यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा बैंकको शेयर कारोबार खुल्नेछ।
















प्रतिक्रिया