काठमाडौं । आज सुनकाे मूल्य तोलामा २ हजार ३ सय रुपैयाँ घटेको हो । आज सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
अघिल्लो दिन ३ लाख १ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । सुनको मूल्य फेरि ३ लाखमुनि झरेको छ ।
त्यस्तै चाँदीको मूल्य तोलामा ६० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ६८५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ६२५ रुपैयाँ कायम भएको छ ।
















प्रतिक्रिया