Logo

अर्थ

विकास हाइड्रोपावरको लाभांश घोषणा



काठमाडौं । विकास हाइड्रोपावर कम्पनीले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठक उक्त आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजी ९० करोड ९१ लाख १ हजार ३०० रुपैयाँको कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा १० प्रतिशतले हुन आउने ९ करोड ९ लाख १० हजार १३० रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुन आउने ४७ लाख ८४ हजार ६००.१४ रुपैयाँबराबरको नगद लाभांश छन्।

 

प्रकाशित मिति : १ आश्विन २०८३, बिहीबार १३:२६   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।