बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले नेपाल रेडक्रस सोसाइटीका सभापति गोमा देवी प्रसाईं बुढाथोकीलाई कार्डियो मोनिटर तथा सक्सन मेशिन हस्तान्तरण गरे । रेडक्रस सोसाइटीका सभापति बुढाथोकीले बैंकप्रति धन्यवाद व्यक्त गर्दै यस सहयोगले सर्पदंशका कारण गम्भीर अवस्थामा पुगेका बिरामीको स्वास्थ्य अवस्था निगरानी गर्न कार्डियो मोनिटर तथा श्वासप्रश्वाससम्बन्धी आकस्मिक अवस्थामा आवश्यक सहयोग पु¥याउन सक्सन मेसिन उपयोगी हुने बताए ।
कार्यक्रममा बोल्दै प्रदेश प्रमुख भुसालले स्वास्थ्य सेवा समुदायको आधारभूत आवश्यकता भएकाले स्थानीयस्तरमा उपलब्ध स्रोतसाधनलाई थप प्रभावकारी बनाउन सहयोग गर्न पाउँदा बैंक गौरवान्वित भएको बताए । उनले सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेको जानकारी दिए । यस सहयोगले दमक क्षेत्रका नागरिकलाई आवश्यक पर्दा थप सहज स्वास्थ्य सेवा प्राप्त गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।
उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, नेपाल रेडक्रस सोसाइटीका अधिकृत तथा सदस्यहरुको उपस्थिती रहेको थियो । बैंकले आगामी दिनहरूमा पनि यस्ता मानवीय तथा सामाजिक कार्यहरूलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
















प्रतिक्रिया