Logo

अर्थ

बाढीपीडितका लागि हिमालयन क्यापिटलद्वारा १० लाख १ हजार सहयोग



काठमाडौं।  हिमालयन क्यापिटल लिमिटेडले भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि १० लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। सहयोगमध्ये ९ लाख १ हजार रुपैयाँ संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषबाट र १ लाख रुपैयाँ कर्मचारीको स्वेच्छिक योगदानबाट संकलन गरिएको हो।

हिमालयन बैंकको सहायक कम्पनी हिमालयन क्यापिटलले बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना जनाएको छ। साथै बेपत्ता नागरिकको शीघ्र उद्धार तथा घाइतेहरूको स्वास्थ्यलाभको कामना गरेको छ।

विपद्का बेला प्रभावित समुदायको साथमा उभिनु आफ्नो सामाजिक दायित्व भएको कम्पनीले जनाएको छ। उद्धार तथा राहत कार्यमा खटिएका सरकारी निकाय, संघसंस्था तथा स्वयंसेवकप्रति पनि कम्पनीले आभार व्यक्त गरेको छ।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहीबार २०:२५   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।