काठमाडौं । सुनको मूल्य शुक्रबार तोलामा ३ हजार ६ सय रुपैयाँ बढेको छ ।
आज सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन २ लाख ९९ हजार ५ सय रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य तोलामा आज तोलामा १५० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ६२५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ७७५ रुपैयाँ कायम भएको छ ।

















प्रतिक्रिया