Logo

अर्थ

आरबीबी म्युचुअल फन्डका दुई योजनाको लाभांश घोषणा



काठमाडौं । आरबीबी म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने दुई योजनाको आर्थिक वर्ष २०८२/८३ का लागि घोषणा गरिएको छ ।

योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङको सञ्चालक समितिको बैठकले आरबीबी म्युचुअल फन्ड–१ का इकाइधनीलाई २.७५ प्रतिशत र आरबीबी म्युचुअल फन्ड–२ का इकाइधनीलाई ६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो ।

लाभांश वितरण प्रयोजनार्थ यी दुई फण्डहरुले असोज १२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएका छन् । यस अनुसार असोज ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी फण्डहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

यी दुवै योजना बन्दमुखी हुन् । कोष प्रवर्द्धकका रुपमा भने राष्ट्रिय वाणिज्य बैंक रहेको छ ।

 

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार ११:३६   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।