काठमाडाैं । नेपालकोअग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवालेविदेशमा रहेका नेपालीहरूलाईलक्षित गर्दै ‘अन्तै भए पनि आफन्तकोनजिक’ अभियान सुरु गरेको छ।
विदेशमा रहेर पनि आफ्ना परिवारकोदैनिक तथा वित्तीय आवश्यकतासँगसहज रूपमा जोड्ने उद्देश्यले उक्त अभियान सुरु गरिएको हो । यसअभियानअन्तर्गत विदेशमा रहेका नेपालीहरूलाई नेपालमा रहेका आफन्तको इसेवाखातामा सोझै रेमिट्यान्स पठाउने सुविधाबारे जानकारी गराउनुका साथै, रेमिट्यान्सको सही उपयोग रडिजिटल भुक्तानीका फाइदाबारे जनचेतना अभिवृद्धि गरिनेछ ।
हालइसेवामा विदेशबाट इसेवाका आधिकारिक रेमिट्यान्स पार्टनरहरूमार्फत सोझै नेपालमा रहेका आफन्तको इसेवाखातामा रेमिट्यान्स पठाउन सक्ने सुविधा रहेको छ ।
इसेवामाप्राप्त उक्त रकमबाट नेपालमा रहेका परिवारका सदस्यहरूलेविद्युत् तथा खानेपानीको महसुलभुक्तानी, टेलिफोन तथा इन्टरनेटको बिलभुक्तानी, बीमा योजनाहरू खरिदतथा बीमाशुल्क भुक्तानी, विद्यालय शुल्क भुक्तानीलगायत दैनिक जीवनका डिजिटल भुक्तानीहरू गर्न सक्ने इसेवालेजनाएको छ ।
विदेशबाटप्राप्त रेमिट्यान्सलाई दैनिक जीवनका भुक्तानीहरूसँग जोडी परिवारका सदस्यहरूकोजीवनमा सहजता ल्याउनका लागि इसेवा प्रतिबद्धरहेको छ ।
भौगोलिकदुरीमा टाढा भए पनिपरिवारप्रतिको जिम्मेवारी र आत्मीयता बढाउनयस अभियानले प्रभावकारी भूमिका खेल्ने इसेवाको विश्वास रहेको छ । विदेशमा रहेका नेपाली दाजुभाइतथा दिदीबहिनीहरूको मिहिनेतको कमाइ वैधानिक माध्यमबाटसिधै परिवारको हातमा पुर्याई त्यसबाटपरिवारका दैनिक भुक्तानीहरू सुरक्षित एवम् सहज रूपमागर्न मद्दत गर्नु यस अभियानको प्रमुखउद्देश्य रहेको छ ।
इसेवाखातामा सोझै रेमिट्यान्सपठाउन सकिने सुविधाले नगद झिक्न एजेन्टवा बैंकसम्म धाउनुपर्ने झन्झटलाई अन्त्य गर्दै रेमिट्यान्स रकमलाई सोझै औपचारिक तथाडिजिटल अर्थतन्त्रसँग जोड्न मद्दत पुग्ने इसेवाको विश्वासछ।
साथै, यसले वैधानिक माध्यमबाटरेमिट्यान्स भित्र्याउने सरकारी नीतिलाई सहयोग पुर्याउनुका साथैडिजिटल साक्षरता र वित्तीय पहुँचविस्तारमा समेत योगदान पुग्नेविश्वास लिइएको छ । इसेवालेविगत लामो समयदेखि डिजिटलप्रविधिको प्रयोगमार्फत वित्तीय कारोबारलाई सरल, सहज रपहुँचयोग्य बनाउँदै आएको छ ।

















प्रतिक्रिया