काठमाडौं । नेपाली कांग्रेसको वडा अधिवेशन ७१ जिल्लामा सुरु भएको छ। शनिबारदेखि सुरु वडा अधिवेशन आइतबार पनि जारी रहेको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए। ४३ जिल्लामा शनिबार नै वडा अधिवेशनको प्रक्रिया सुरु भएको थियो।
आइतबार थप २८ जिल्लामा वडा अधिवेशन सुरु भएको कटुवालले जानकारी दिए। मधेश प्रदेशका सिरहामा केही समयमा वडा अधिवेशन सुरु हुनेछ। त्यस्तै, सप्तरीमा सोमबारबाट वडा अधिवेशन सुरु हुनेछ।
सर्लाहीको क्षेत्र नम्बर २ बाहेकमा वडा अधिवेशन सुरु भएको छ भने रौतहतको क्षेत्र नम्बर १ बाहेकमा वडा अधिवेशन सुरु भएको छ। रसुवा बाढी कारण प्रभावित रसुवा र नुवाकोटमा ७ असोजमा वडा अधिवेशन सुरु हुनेछ। त्यस्तै, बाढीप्रभावित जिल्ला धादिङमा भने ५ असोजमा वडा अधिवेसन सुरु हुनेछ।

















प्रतिक्रिया