Logo

विविध

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार १८६ जनालाई कारबाही



काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार १८६ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ९८, सिसिटिभिमार्फत ७३, रातोबत्तीमा ८१ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा १४९, हर्न निषेधमा ५२, लेन क्रसमा ५१, अवस्था ठिक नभएको ३८, एकतर्फीमा ८ र अन्यमा ६३६ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार ०८:०४   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।