काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको १५ सदस्यीय कार्यदलले तयार पारेको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको प्रतिवेदन पारित गरेको छ ।
केन्द्रीय कमिटी बैठकअघि पार्टी कार्यालय च्यासलमा सोमबार बिहान बसेको सचिवालय बैठकले सचिवालय सदस्यहरुको सुझावसहित प्रतिवेदन पारित भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
‘प्रतिवेदन सुझावसहित प्रतिवेदन पास भएको छ’, नेता भट्टले भने, ‘प्रतिवेदनमा अध्यक्षले राजीनामा दिन पर्ने र विशेष महाधिवेशन गर्ने विषय समावेश छैन, त्यसैले अनुसूचिका विषय प्रतिवेदनमा भएकाले छुट्टै राख्नुपर्ने अवस्था छैन ।’ यसअघि निर्वाचन समीक्षाबारे तीन वटा प्रतिवेदन बनेपनि सबैलाई समेटेर एकीकृत प्रतिवेदन बनाइएको बताइएको छ । कार्यदलले २९ पेजको प्रतिवेदन तयार गरेको थियो ।
पार्टीभित्र लामो समयदेखि चर्चामा रहेको कार्यदलको प्रतिवेदन र त्यसमा भएका विवादास्पद विषयहरूबारे उपमहासचिव भट्टले कार्यदलको काम सकिएको र प्रतिवेदनलाई औपचारिक रूपमा केन्द्रीय समितिमा लैजाने प्रक्रिया सुरु भएको बताए ।
केन्द्रीय समितिमा पार्टी पुनर्गठनका विषयमा केही नेताहरूले आवाज उठाउने तयारी गरिरहेको सन्दर्भमा उपमहासचिव भट्टले बैठकको थप प्रक्रिया र त्यहाँ हुने बहसका आधारमा नै आगामी रणनीति तय हुने बताए ।

















प्रतिक्रिया