काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको एजेन्डाबारे छलफल गरेको छ ।
पार्टी मुख्यालय च्यासलमा बसेको बैठकले केन्द्रीय समितिमा लैजाने एजेन्डाबारे मात्र छलफल भएको पार्टीका उपमहासचिव लेखराज भट्टले बताए ।
उनले भने, ‘बैठकले केन्द्रीय समितिमा हुने एजेन्डाका बारेमा छलफल गरेको छ । एजेण्डाहरुमा श्रद्धाञ्जली, अध्यक्षको मन्तव्य, मनोनित गर्ने केन्द्रीय सदस्यहरु त्यसपछि अध्यक्षको राजनीतिक प्रतिवेदनलगायतका विषयमा छलफल भयो ।’
यसैगरी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मन्तव्य र राजनीतिक प्रतिवेदन पेश गर्ने तथा छलफल गर्ने एजेन्डा रहेको छ ।
साथै विभिन्न कमिटीमा सदस्यहरु मनोनित गर्ने निर्णय भएको समेत भट्टले बताए । त्यस्तै, बैठकले एमाले निर्वाचन समिक्षा तथा पार्टी पुनर्जागरणसम्बन्धी एकीकृत प्रतिवेदन पारित गरेको छ ।

















प्रतिक्रिया