Logo

प्रमुख समाचार

चार वटा संसदीय समितिका बैठक बस्दै



काठमाडौं । आज चार वटा संसदीय समितिका बैठक बस्ने भएको छ ।

मंगलबार अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएको हो ।

अर्थ समितिको बैठक बिहान १० बजे बस्ने भएको छ । बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक’माथि सैद्धान्तिक छलफल गरिनेछ । सो क्रममा विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएका सांसदहरूसँग दफावार छलफल गर्ने तयारी छ ।

यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा भने ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः१५ बजे बस्ने भएको छ । बैठकमा नेपालमा स्वदेशी, वैदेशिक, निजी तथा सार्वजनिक लगानीको वर्तमान अवस्था, जलवायु परिवर्तनले लगानीमा पारेको प्रभाव, लगानी सम्मेलनको व्यवस्थापन एवं लगानीमैत्री वातावरणका लागि आवश्यक नीतिगत र कानुनी सुधारबारे विस्तृत छलफल हुनेछ ।

त्यस्तै, बिहान ११ः३० बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सरकारले अघि बढाएको ‘पुस्तकालय नीति’को मस्यौदाका सम्बन्धमा विज्ञहरूसँग राय–परामर्श गरिने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलवार ०८:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।