Logo

प्रमुख समाचार

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई



काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिइएको छ ।

शाह राष्ट्रसंघको महासभामा भाग लिन आज साँझ ७ बजे काठमाडौंबाट अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्दै छन् ।

उनले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए । उक्त सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकेका छन् ।

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा यही असोज ८ गते सम्बोधन गर्ने कार्यतालिका छ । उनी असोज १० गते स्वदेश फर्किने छन् ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलवार १४:११   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।