Logo

अर्थ

रेशम चौधरीको आममाफीविरुद्ध शारदाले दायर गरेको रिट सर्वोच्चद्वारा खारेज



काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनामा जन्मकैदको सजाय पाएका रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध दायर रिट खारेज गरेको छ।

न्यायाधीश शारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले इन्स्पेक्टर केशव बोहराकी पत्नी शान्ति कडायतले दायर गरेको रिट खारेज गरेको हो।

२०७२ भदौमा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा बोहराको मृत्यु भएको थियो। उक्त घटनामा जन्मकैदको सजाय पाएका चौधरीलाई गणतन्त्र दिवसका अवसरमा २०८० जेठ १५ गते तत्कालीन राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए। आममाफी पाएपछि चौधरी कारागारमुक्त भएका थिए।

राष्ट्रपतिको उक्त निर्णय बदर गरी चौधरीलाई बाँकी कैदसमेत भुक्तान गराउन माग गर्दै कडायतले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।

रिटमा राष्ट्रपति कार्यालय, मन्त्रिपरिषद्, गृह मन्त्रालय र रेशम चौधरीलाई विपक्षी बनाइएको थियो।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलवार १८:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।