काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) अमेरिका भ्रमणका लागि मंगलबार साँझ न्यूयोर्क प्रस्थान गर्दै छन्।
उनी कतार एयरवेजको नियमित उडानमार्फत साँझ ७ बजे न्यूयोर्कतर्फ जाने कार्यक्रम छ।
प्रधानमन्त्रीको उडानका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३० मिनेट अन्य उडान तथा अवतरण रोकिएको छ।
विमानस्थल कार्यालयका अनुसार मंगलबार साँझ ६ः४० देखि ७ः१० बजेसम्म अन्य उडान र अवतरण सञ्चालन नहुने भएको हो।
यससम्बन्धी जानकारी विमानस्थल कार्यालयले नोटिस टु एयरमेन (NOTAM) जारी गर्दै दिएको छ।

















प्रतिक्रिया