Logo

प्रमुख समाचार

राष्ट्रसंघको ८१औँ महासभामा परराष्ट्रमन्त्री खनाल सहभागी



काठमाडौं ।संयुक्त राष्ट्रसंघको ८१औँ महासभाअन्तर्गत उच्चस्तरीय छलफल सुरु भएको छ। उद्घाटन समारोहमा नेपालको प्रतिनिधित्व गर्दै परराष्ट्रमन्त्री शिशिर खनाल सहभागी भएका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा सहभागिता जनाइरहेका छन्। उनले सेप्टेम्बर २४ मा महासभाको सामान्य छलफललाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

यस वर्षको महासभाको मुख्य विषय ‘विश्वास पुनर्स्थापना, परिवर्तनको व्यवस्थापन : सबैका लागि परिणाम दिने संयुक्त राष्ट्रसंघ’ तय गरिएको छ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलवार २१:३३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।