Logo

प्रमुख समाचार

एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने



काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक अहिले नौ बजेबाट सुरु हुदैछ । बैठकमा केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम जारी छ ।

पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार हिजोसम्म ११८ जना केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको प्रतिवेदन माथि धारणा राखिसकेका छन् भने आज बाँकी सदस्यहरूले धारणा राख्ने छन् ।

केन्द्रीय सदस्यहरूलाई बोल्नका तीन मिनेटको समय उपलब्ध गराइएको छ । बैठकमा विभिन्न नौ वटा एजेन्डामा माथि बहस भइरहेको छ ।

आचार्यका अनुसार आज अबरेसम्ममा सबै केन्द्रीय सदस्यले धारणा राखिसकेपछि भोली पार्टी सचिवालयको बैठक बस्ने तयारी छ । सचिवालय बैठकले केही महत्त्वपूर्ण निर्णय गर्ने र उक्त निर्णयहरू अनुमोदनका लागि पुन केन्द्रीय समितिमा प्रस्तुत गरिने आचार्यले बताए ।

पार्टीभित्र मतभेदका बिच सुरु भएको बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको प्रतिवेदनमा अधिकांश सदस्यहरूले समर्थन जनाएका छन् ।

एमालेको जारी बैठकले केन्द्रीय सदस्य मनोनय,पोलिटब्युरो र स्थायी कमिटी गठन गर्ने एजेन्डा पनि छन् ।

 

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार ०८:२६   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।