Logo

प्रमुख समाचार

प्रधानमन्त्री बालेनले भने– भारी वर्षा हुँदैछ, सावधानी अपनाउनुहोला



काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले मौसम विज्ञान विभागले असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएकोले सम्पूर्ण नागरिकहरूलाई सुरक्षित, सचेत र सावधानी अपनाउन अनुरोध गरेका छन् ।

साथै उनले सरकारका तर्फबाट सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायहरूलाई आवश्यक तयारी, समन्वय तथा पूर्वसतर्कता अपनाउन आग्रह गरिएको जनाएका छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहले मौसम विज्ञान विभाग तथा स्थानीय प्रशासनबाट जारी हुने सूचनाहरू नियमित रूपमा हेर्न र आवश्यक अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्न समेत अनुरोध गरेका छन् ।

प्रधानमन्त्रीले फेसबुकमा लेखेका छन्, ‘सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव, डुबान तथा सडक र हवाई यातायातमा समेत अवरोध हुन सक्ने भएकाले सम्पूर्ण नागरिकलाई आवश्यक सावधानी अपनाउन अनुरोध गर्दछौँ ।’

 

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार १६:३५   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।