Logo

अर्थ

सुनको मूल्यमा भारी गिरावट, प्रतितोला ३ लाखमुनि झर्‍यो



काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ३ हजार २ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे हो ।

आज सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन सुनको मूल्य ३ लाख २ हजार ३ सय रुपैयाँ थियो ।

त्यस्तै, चाँदीको मूल्य आज तोलामा १६५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६५० रुपैयाँमा झरेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार ११:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।