Logo

प्रमुख समाचार

राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीको सम्बोधन शुक्रबार बिहान करिब ५/६ बजे आसपास



काठमाडौं ।  संयुक्त राष्ट्रसंघको जारी महासभाको उच्चस्तरीय सत्रमा प्रधानमन्त्रीले नेपालका तर्फबाट बिहीबार सम्बोधन गर्ने भएका छन्।

राष्ट्रसंघ सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रधानमन्त्रीको सम्बोधन न्युयोर्कको स्थानीय समयअनुसार बिहीबार दिउँसो ३ बजेका लागि तय भएको हो।

न्युयोर्क र काठमाडौंको समयबीच ९ घण्टा १५ मिनेटको अन्तर रहेकाले प्रधानमन्त्रीको सम्बोधन नेपाली समयअनुसार शुक्रबार बिहान हुनेछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार सम्बोधन बिहान करिब ६ बजेको आसपासमा हुने अपेक्षा गरिएको छ।

उच्चस्तरीय साधारण बहसमा विश्वभरका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूले सम्बोधन गर्ने भएकाले अघिल्ला वक्ताहरूको समयअनुसार नेपालको पालो केही अगाडि वा पछाडि सर्न सक्नेछ।

सम्बोधनअघि प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग साइडलाइन द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।

प्रधानमन्त्रीले महासभामा नेपालको शान्ति प्रक्रिया, दिगो विकास लक्ष्य हासिल गर्न भएका प्रगति तथा अल्पविकसित मुलुकबाट स्तरोन्नतिको मार्गचित्रबारे धारणा राख्ने तयारी गरेका छन्।

त्यसैगरी जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका विपद्, त्यसबाट भएको क्षति तथा जलवायुजन्य विपद्को क्षतिपूर्तिको विषयलाई पनि उनले प्राथमिकताका साथ उठाउनेछन्।

प्रधानमन्त्रीको सम्बोधन संयुक्त राष्ट्रसंघको आधिकारिक वेब टीभीमार्फत प्रत्यक्ष प्रसारण हुनेछ।

 

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार २०:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।