Logo

विविध

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १९६ जनालाई कारबाही



काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १९६ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

शुक्रबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ४, सिसिटिभिमार्फत ९, रातोबत्तीमा ९ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, लेन क्रसमा ६, एकतर्फीमा ३ र अन्यमा १७६ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार ०७:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।