Logo

प्रमुख समाचार

यी जिल्लाका मुख्य सडक बन्द



काठमाडौं । जिल्ला प्रशासन कार्यालयहरूबाट प्रकाशित सूचनाअनुसार देशका विभिन्न जिल्लामा मुख्य सडक बन्द भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कोशी प्रदेशका ताप्लेजुङ, संखुवासभा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सुनसरी र उदयपुरमा मुख्य सडक बन्द छन् ।

त्यस्तै, बागमती प्रदेशका दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ, ललितपुर र चितवनमा सडक बन्द भएको जनाइएको छ ।

गण्डकी प्रदेशका लमजुङ र म्याग्दी, लुम्बिनी प्रदेशका रोल्पा, दाङ र रुकुम पूर्व तथा कर्णाली प्रदेशको रुकुम पश्चिममा पनि मुख्य सडक बन्द छन् ।

सुदूरपश्चिम प्रदेशका बझाङ र बैतडीमा समेत मुख्य सडक बन्द रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले जिल्ला प्रशासन कार्यालयहरूबाट प्राप्त सूचनाका आधारमा सडक बन्द भएका जिल्लाको विवरण सार्वजनिक गरेको हो ।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार ११:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।