Logo

विविध

सप्तकोशीमा पानीको बहाव बढ्यो, कोशी ब्यारेजका ३५ ढोका खोलिए



विराटनगर । सप्तकोशी नदीमा पानीको बहाव तीव्र रूपमा बढेपछि कोशी नदीको तटीय तथा डुबानको जोखिममा रहेका बस्तीमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

कोशी ब्यारेजमा साँझ ५ः१५ बजे गरिएको मापनअनुसार नदीमा पानीको बहाव २ लाख ६५ हजार ७ सय ९५ क्युसेक पुगेको छ। जलसतह निरन्तर बढिरहेको जनाउँदै सम्बन्धित निकायले तटीय क्षेत्रमा सतर्कता बढाएको हो।

बढ्दो जलसतह व्यवस्थापनका लागि कोशी ब्यारेजका ३५ वटा ढोका खोलिएका छन्। पानीको बहाव अझै बढ्दो क्रममा रहेकाले ब्यारेजको तल्लो तटीय क्षेत्र र डुबानको सम्भावना रहेका बस्तीमा जोखिम बढ्न सक्ने जनाइएको छ।

सम्बन्धित निकायले नदी किनारमा नजान तथा बालबालिका र ज्येष्ठ नागरिकलाई सुरक्षित स्थानमा राख्न आग्रह गरेको छ। जोखिमपूर्ण क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायले जारी गर्ने सूचना तथा निर्देशन पालना गर्न पनि अनुरोध गरिएको छ।

 

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार १८:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।