काठमाडौं । होण्डा कारको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी र एनआईसी एसिया बैंकबीच होण्डाका ग्राहकलाई सहुलियतपूर्ण अटो लोन उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ।
सम्झौताअनुसार बैंकले होण्डाका ग्राहकलाई आकर्षक तथा कम ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउनेछ। आवश्यक सम्पूर्ण कागजात पेस गरेको अवस्थामा कार्यदिनभित्रै कर्जा प्रक्रिया पूरा गर्ने बैंकले जनाएको छ।
यो वित्तीय सुविधा होण्डाका विभिन्न मोडल खरिद गर्ने ग्राहकले पाउनेछन्। यसअन्तर्गत होण्डा सीआर–भी, सिटी ईःएचईभी, पाँचौं पुस्ताको सिटी र एलिभेटलगायतका गाडी खरिदमा कर्जा सुविधा उपलब्ध हुनेछ।
नयाँ होण्डा गाडी खरिद गर्न चाहने ग्राहकलाई वित्तीय व्यवस्थापनमा सहजता प्रदान गर्ने उद्देश्यले बैंकसँग सहकार्य गरिएको स्याकार ट्रेडिङले जनाएको छ। सम्झौताबाट गाडी खरिदका लागि आवश्यक रकम व्यवस्थापन गर्न ग्राहकलाई सहज हुने कम्पनीको अपेक्षा छ।
सम्झौतापत्रमा एनआईसी एसिया बैंकका चिफ बिजनेस अफिसर अमित केसी, हेड–मोर्टगेज बैंकिङ तथा अटो लोन दीपक आचार्य र स्याकार ट्रेडिङ कम्पनी (होण्डा कार) की प्रबन्ध निर्देशक सृजना शाक्य ज्योतिले हस्ताक्षर गरेका छन्।


















प्रतिक्रिया