काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आगामी नोभेम्बरमा भारत भ्रमणमा जाने तयारी भइरहेको छ। भ्रमणका क्रममा भौतिक पूर्वाधार निर्माणलाई मुख्य एजेन्डाका रूपमा अघि बढाउने विषयमा छलफल भइरहेको छ।
भोटेकोशी क्षेत्रमा आएको बाढीपछि राहत तथा उद्धारमा भारतबाट भएको सहयोगका विषयमा समेत भ्रमणका क्रममा छलफल हुने तयारी छ। त्यस्तै, भारतीय सहयोगमा निर्माण भएका केही परियोजनाको उद्घाटन गर्ने विषय पनि एजेन्डामा समेटिएको छ।
प्रधानमन्त्रीको भारत भ्रमणको औपचारिक मिति भने अझै तय भइसकेको छैन।


















प्रतिक्रिया