Logo

अर्थ

एकैदिन ५ हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य ५ हजार रुपैयाँले घटेको हो ।

आज सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि आइतबार २ लाख ९९ हजार ३ सय रुपैयाँ प्रतितोलामा किनबेच भएको थियाे ।

आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५ सय १० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय ५५ रुपैयाँ रहेकोमा सोमबार १ सय ४५ रुपैयाँले घटेको हो ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार ११:००   :  बजे

225
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।