Logo

राजनीति

चोलेन्द्रलाई नियन्त्रणमा लिइएकोबारे रञ्जु दर्शनाको टिप्पणी: पक्राउ गर्दा सुर र ताल मिल्नुपर्छ



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रञ्जु दर्शनाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको घटनाबारे प्रश्न उठाएकी छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै कसुर देखिए पक्राउ गर्न पाइने भए पनि पक्राउ गर्ने क्रममा कानुनी प्रक्रिया र प्रमाणको आधार महत्वपूर्ण हुने बताएकी हुन् ।

‘कसुर देखिए पक्राउ गर्न पाइन्छ भनेर कानुनमै व्यवस्था छ । तर पक्राउ गर्दा पनि सुर र ताल मिल्नैपर्छ,’ उनले भनेकी छन्, ‘कसुर अदृश्य भए पनि कानुनले प्रमाण माग्छ । आरोप मात्र पर्याप्त हुँदैन, कसुर पुष्टि गर्ने आधार र प्रमाण पनि चाहिन्छ ।’

सांसद दर्शनाले कानुनी शासनको मर्म नै विधि र प्रमाणमा आधारित हुने स्पष्ट पार्दै बिनाप्रमाण अधिकार प्रयोग गर्न नमिल्ने तर्क गरेकी छन् । उनले पूर्वप्रधानन्यायाधीशको सुरक्षा संवेदनशीलताप्रति चासो व्यक्त गर्दै सुरक्षा सतर्कता बढाउन माग गरेकी छन् ।

साथै, कुनै पनि ‘जेनेरेशन’ले उनलाई धम्की दिन नसक्ने अवस्था बनाउनुपर्ने उनको भनाइ छ ।

पूर्वप्रधानन्यायाधीश जबरालाई नेपाल प्रहरीको अपराधन अनुसन्धान कार्यालय टेकुले शनिबार मध्यरात नियन्त्रणमा लिएको थियो । मानव अधिकार आयोगको टोलीलाई समेत प्रहरीले भेट्न दिएको दिएन । आइतबार दिनभरजस्तो कार्यालयमा राखेर अपराह्नतिर आफन्तको जिम्मा लगाइएको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार ११:३५   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।