Logo

अर्थ

सेयर बजारमा दोहोरो अंकको गिरावट, ५ अर्ब ३८ करोडकाे कारोबार



काठमाडौं । आज सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १६.४७ अंकले घटेर २,६१३.३३ को विन्दुमा कायम भएको छ ।

आज ५० कम्पनीको सेयर मूल्य बढेको छ भने २२३ कम्पनीको मूल्य घटेको छ ।

आज ५ अर्ब ३८ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको सेयर कारोबार भएको छ । यस कम्पनीको ३५ करोड ८२ लाख रुपैयाँको सेयर कारोबार भएको हो ।

आज सबैभन्दा धेरै लक्ष्मी सनराइज डिबेञ्चरका इकाईधनीले कमाएका छन् । यसका इकाईधनीले १५ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै हाथवे इन्भेष्टमेन्टका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १०.५८ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार १५:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।