काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको ९ लाख ९० हजार कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीले सेयरधनीलाई वितरण गरेको ४.२८५७ प्रतिशत बोनस सेयर सोमबार नेप्सेमा सूचीकृत गराएको हो । उक्त बोनस सेयरको कुल मूल्य ९ करोड ९० लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
कम्पनीले आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ४.२८५७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोहीअनुसार ९ लाख ९० हजार कित्ता बोनस सेयर जारी गरिएको हो ।
नेप्सेमा सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा भएपछि कारोबार गर्न सकिने कम्पनीले जनाएको छ ।



















प्रतिक्रिया