Logo

प्रमुख समाचार

झापा-१ बाट विश्वप्रकाशसहित २८ जना महाधिवेशन प्रतिनिधि निर्वाचित



काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि झापा क्षेत्र नं. १ बाट उपसभापति विश्वप्रकाश शर्मासहित २८ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।

७१० मतदाता रहेको झापा १ मा खुलातर्फ ६३८ मत ल्याएर शर्मा निर्वाचित भएका हुन् । शर्मासहित अर्जुन राई, केशवराज पाण्डे, गोपाल तामाङ, टेकबहादुर लिम्बु, नारायण गिरी, पुष्पराज पौडेल, प्रेम सम्बाहाङ्फे, भूपू राई, लोकराज ढकाल निर्वाचित भएका छन् ।

खुला महिलातर्फ कुसुम भट्टराई कोइराला, रचना ओली घिमिरे, राधा कार्की र सुशीला रिजाल निर्वाचित भएका छन् ।

खस आर्यतर्फ खुल्ला धन काजी खत्री र मनोज घिमिरे, खस आर्य महिलातर्फ चन्द्रकला भट्टराई र ज्ञानु थापा रिजाल, आदिवासी जनजातितर्फ खुल्ला खड्ग बहादुर घिमाल र चक्र शेर्पा लिम्बु, महिलातर्फ विटु गुरुङ र विना तामाङ निर्वाचित भएका छन् ।

३५ वर्ष मुनिका युवा खुल्लातर्फ चोलिन्द्र दाहाल र भूपेन्द्र सिंह थेवे, महिलातर्फ निस्ता निरौला नेपाल, अपाङ्गतातर्फ गङ्गाप्रसाद संजौला, पेशागत तथा विषय विज्ञतर्फबाट अजय कुमार घिमिरे र श्रमिकतर्फबाट विशाल तामाङ निर्वाचित भएका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलवार १२:५१   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।