काठमाडौं । आज सेयर बजार घटेको छ । नेप्से परिसूचक ९.६२ अंकले घटेर २,६०३ को विन्दुमा कायम भएको छ ।
आज ६९ कम्पनीको सेयर मूल्य बढेको छ भने १९९ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज ४ अर्ब ६५ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन डिरष्टलरीको सेयर कारोबार भएको छ । यस कम्पनीको २२ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै आइसीएफसी फाइनान्स डिबेञ्चरका इकाईधनीले कमाएका छन् । यसका इकाईधनीले ९.१८ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै सिटिजन्स सुपर ३० का इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ५.४४ प्रतिशतका दरले गुमाएका हुन् ।



















प्रतिक्रिया