Logo

विविध

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३४ जनालाई कारबाही



काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

बुधबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६०, सिसिटिभिमार्फत ५३, रातोबत्तीमा २८ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा ९३, हर्न निषेधमा ०५, लेन क्रसमा ०५, अवस्था ठिक नभएको १२, एकतर्फीमा ५ र अन्यमा ३७३ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार ०७:०९   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।