Logo

समाचार

ससुराको हत्या आरोपमा बुहारी पक्राउ



सुर्खेत । जाजरकोटमा ७५ वर्षीय ससुराको हत्या गरेको आरोपमा बुहारी पक्राउ परेकी छन् ।

जुनिचाँदे गाउँपालिका–५ पाँगाका ७५ वर्षीय गंगाराम शाही साउन ११ गते राति करिब ८ बजे आफ्नै घरको सिँढी नजिकै घाँटीमा धारिलो वस्तुले प्रहार गरिएको अवस्थामा मृत फेला परेका थिए । घटनास्थलबाट प्रहरीले धारिलो खुर्पासमेत बरामद गरेको थियो ।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा मृतककी माइली बुहारी शर्मिला शाहीको हत्यामा संलग्नता रहेको पाइएपछि पक्राउ गरिएको हो ।

पक्राउ परेकी शर्मिलालाई अदालतमा उपस्थित गराएर थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी सुधिरकुमार खड्काले जानकारी दिए ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार ०७:२५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।