Logo

अर्थ

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य मंगलबार एकैदिन प्रतितोला ३ हजार ८ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ३ सय रुपैयाँ थियो।

महासंघका अनुसार मंगलबार १० ग्राम सुनको मूल्य २ लाख ४९ हजार ५५ रुपैयाँ कायम भएको छ।

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। मंगलबार चाँदी प्रतितोला १ सय १५ रुपैयाँले घटेर ४ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५ सय १० रुपैयाँ थियो।

मंगलबार १० ग्राम चाँदीको मूल्य ३ हजार ७ सय ६८ रुपैयाँ कायम भएको छ।

 

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार ०८:४३   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।