Logo

अर्थ

सेयर बजारमा सामान्य गिरावट, ४ अर्ब ७६ करोडमाथिकाे कारोबार



काठमाडौं । आज पनि सेयर बजार सामान्य घटेको छ । आज नेप्से परिसूचक ४.८२ अ.कले घटेर २,५९८ को विन्दुमा कायम भएको छ ।

आज १०९ कम्पनीको सेयर मूल्य बढेको छ भने १५७ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज ४ अर्ब ७६ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोको सेयर कारोबार भएको छ । यस कम्पनीको ३९ करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सिन्धु विकास बैंकका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १४.३७ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै सानिमा ग्रोथ फन्डका इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ३.७८ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार १५:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।