काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले भोटेकोशी बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा २१ लाख ५७ हजार रुपैयाँभन्दा बढी सहयोग गरेको छ।
गत भदौ १० गते भोटेकोशी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले क्यापिटलले उक्त रकम उपलब्ध गराएको हो।
क्यापिटलका अनुसार प्रभावित समुदायको पुनर्स्थापनामा योगदान गर्ने उद्देश्यले कर्मचारीहरूको व्यक्तिगत योगदानसमेत संकलन गरी रकम राहत कोषमा जम्मा गरिएको हो।
विपद्को कठिन परिस्थितिमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै क्यापिटलले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको जनाएको छ।
क्यापिटलले बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै उद्धार गरिएका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।



















प्रतिक्रिया