Logo

प्रमुख समाचार

ओली-प्रचण्डलाई काउन्टर दिदै योगेश भट्टराईले बुझाए यस्तो प्रतिवेदन



सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शक्तिशाली सचिवालय बैठकले पार्टी एकता टुँगो लगाउन गठन गरेका ९ सदस्यीय कार्यदल विघट्न गरेको छ । तर, कार्यदलका सदस्य एवम् स्थायी समिति सदस्य योगेश भट्टराईले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बेग्लाबेग्लै भेटी आज प्रतिवेदन बुझाएका छन्।

कार्यदलमा रहेका सदस्यहरु वेदुराम भुषाल र लेखराज भट्टको साथमा पुगी योगेशले आज दुवै अध्यक्षलाई भेटेर आफूहरुले तयार पारेको प्रतिवेदन बुझाएका हुन् ।

प्रचण्डलाई उनकै निवास खुमलटारमा पुगेर प्रतिवेदन बुझाएका थिए भने प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओलीलाई साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रतिवेदन बुझाएका हुन् ।

भट्टराई कार्यदल विघटन गरेकोमा अध्यक्षद्धयसँग रुष्ट छन् । उनले सार्वजनिक रुपमै नेतृत्वको आलोचना तथा विरोध गरिसकेका छन् ।

प्रकाशित मिति : फाल्गुन १२, २०७५ आईतबार  ३ : २० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।