काठमाडौं । अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीलाई युनिभर्सिटी अफ ब्युनस आयर्स (युबिए) ले मानार्थ ‘डक्टर होनोरिस काउसा’ उपाधि प्रदान गर्ने भएको छ।
विश्वविद्यालयको सर्वोच्च परिषद्ले मेसीलाई उक्त उपाधि दिने निर्णय सर्वसम्मत रूपमा गरेको हो। विश्वविद्यालयका अनुसार मेसीको उत्कृष्टता, निरन्तर मेहनत, विनम्रता तथा अर्जेन्टिनाको प्रतिनिधित्व गर्दै फुटबल र समाजमा पुर्याएको योगदानको सम्मानस्वरूप उपाधि प्रदान गर्न लागिएको हो।
मेसीलाई आगामी अक्टोबर ६ मा अर्जेन्टिनाको राष्ट्रिय टोलीको बेनिनविरुद्ध हुने खेलअघि ब्युनस आयर्सस्थित एस्टाडियो मोनुमेन्टलमा उपाधि प्रदान गर्ने कार्यक्रम तय गरिएको छ।
युबिएले मेसीको नेतृत्वमा अर्जेन्टिनाले २०२१ कोपा अमेरिका, २०२२ फिफा विश्वकप र २०२४ कोपा अमेरिकामा हासिल गरेको सफलतालाई समेत सम्मानको आधार बनाएको छ। विश्वविद्यालयले उनको योगदान खेलकुदमा मात्र सीमित नभई अर्जेन्टिनाको सामाजिक तथा सांस्कृतिक जीवनमा समेत प्रभाव पारेको उल्लेख गरेको छ।



















प्रतिक्रिया