Logo

प्रमुख समाचार

कांग्रेसद्वारा बम विष्फोटको भर्त्सना



नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय सानेपामा सम्पन्न भएको छ । बैठकले पार्टीमा केन्द्रीय सदस्यहरुलाई अरु महाधिवेशनका प्रतिनिधि स्थानीयबाटै निर्वाचित भएर आउन नपर्ने निर्णय गरेको छ ।

यस्तै, बैठक हालै देशमा बम विष्फोटका घटनामा भएको जनधनको क्षतिलाई गम्भीर रुपमा लिंदै दुःख व्यक्त गरेको छ ।

पार्टीको प्रवक्ता विश्वप्रकाश शर्माद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, यस्तो आततायी कामको घोर निन्दा गर्दछ, घटनामा ज्यान गुमाएका सिंहप्रसाद गुरुङको परिवारप्रति समवेदना प्रकट गर्दै राहत उपलब्ध गराई घाइतेको उपचार निःशुल्क गराउन सरकारको ध्यानाकर्षण गराइन्छ ।

विज्ञप्तिमा भनिएको छ, एनसेलका टावरमा पुर्‍याएको क्षतिले सो संस्थालाई मात्रै असर पुग्ने होइन राष्ट्रकै सम्पत्ति नष्ट हुने विषय हुन्छ । दशक लामो हिंसाबाट भर्खरै मुक्त भई शान्तिपूर्ण ढंगले अघि बढ्ने क्रममा रहेको हाम्रो देशमा फेरि हिंसाले प्रवेश पाउनु अत्यन्तै दुःखद छ ।

प्रकाशित मिति : फाल्गुन १२, २०७५ आईतबार  ४ : २९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।