Logo

प्रमुख समाचार

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि असोज १९ मा उमेदवारी दर्ता



 

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका विभिन्न पदमा उम्मेदवारी दर्ताका लागि समय निर्धारण गरिएको छ ।

केन्द्रीय निर्वाचन समितिले शुक्रबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार असोज १९ गते सोमबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिनेछ । उम्मेदवारी दर्ताका लागि राष्ट्रियसभा गृहमा व्यवस्था गरिएको कांग्रेसले जनाएको छ ।

महाधिवेशन प्रतिनिधिहरूले केन्द्रीय कार्यसमितिका विभिन्न पदमा तोकिएको समयभित्र मनोनयनपत्र दर्ता गर्नुपर्नेछ ।

कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार १९:२९   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।