काठमाडौं । बुटवलमा गोली प्रहार गरेर प्रहरीले एक अपहरणकारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तिलोत्तमा नगरपालिका–१७ दरखसवाका २७ वर्षीय विशाल भनिने युवराज थारु रहेका छन् । उनलाई तिलोत्तमाकै कान्छिबजारस्थित जंगलमा गोली हानेर पक्राउ गरिएको प्रहरीले बताएको छ ।
१० वर्षीया बालिका अपहरण गरेर जंगलमा लुकाएको आरोपमा प्रहरीले उनलाई गोली प्रहार गरेर पक्राउ गरेको हो ।
३७ घण्टापछि बालिकालाई पनि सकुशल उद्धार गरिएको बुटवलका डीएसपी निशान्त श्रीवास्तवले बताए ।
प्रहरीका अनुसार थारुले बुधबार राति तिलोत्तमाकी १० वर्षीया बालिकालाई घरभित्र सुतिरहेको अवस्थामा अपहरण गरेका थिए । बालिका हराएको सूचना पाए लगत्तै प्रहरीले बिहीबार बिहानदेखि गाउँ आसपास तथा स्थानीय जङ्गल क्षेत्रमा खोजी सुरु गरेको थियो ।



















प्रतिक्रिया