Logo

अन्तर्राष्ट्रिय

सफाई कर्मचारीको मोदीले ‘खुट्टा’ धोएपछि…



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाँच सफाई कर्मचारीको खुट्टा धोएका छन् । भारतको उत्तर प्रदेशको प्रयागराजमा मोदीले उनीहरुलाई कुम्भ मेलामा विशेष योगदानका लागि सम्मानित गरेका छन् ।

कुनै प्रधानमन्त्रीले यस्तो गरेको यो पहिलो घटना हो । खुट्टा धोएपछि मोदीले भने, ‘सफाई कर्मचारीको चरण धोएर मैले बन्दना गरेँ, त्यो पल म जीवनभरी बिर्सने छैन ।’

‘उनीहरुको आशिर्वाद, स्नेह, तपाईंहरु सबैको आशिर्वाद, तपाईंहरु सबैको स्नेह म माथि यसरी नै रहिरहोस् । यसरी नै म तपाईंहरुको सेवा गर्छु, यही कामना छ,’ उनले थपे ।मोदीले यी कर्मचारीहरुकै परिश्रमले यसपटक कुम्भको पहिचान स्वच्छ कुम्भको रुपमा भएको छ ।

प्रकाशित मिति : फाल्गुन १३, २०७५ सोमबार  ७ : ४० बजे