Logo

अर्थ

सुनको मूल्य सामान्य बढ्यो, कतिमा हुँदैछ कारोबार?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । बुधबार सुन प्रतितोला ८ सय रुपैयाँले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

बुधबार सुनकाे मूल्य ताेलामा २ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बुधबार चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ४ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार ११:२७   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।