Logo

अर्थ

मुक्तिनाथ क्यापिटलद्वारा रिलायन्स कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न



काठमाडौं । विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा मुक्तिनाथ क्यापिटल लिमिटेडले चाबहिलस्थित रिलायन्स कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यार्थीहरूमा धितोपत्र तथा पुँजी बजारसम्बन्धी ज्ञान र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले असोज २३ गते आयोजित उक्त कार्यक्रममा स्नातक तहमा अध्ययनरत करिब १०० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा धितोपत्र व्यवसायीअन्तर्गत मर्चेन्ट बैंकरका गतिविधिहरु, सेयर लगानीका आधारभूत विषय, लगानीमा हुने जोखिम व्यवस्थापन तथा सुरक्षित लगानीका अभ्यासहरूबारे जानकारी प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार १४:२०   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।