Logo

अर्थ

श्रमिकलाई अनिवार्य चाडपर्व खर्च उपलब्ध गराउन विभागको निर्देशन



काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकहरूलाई अनिवार्य रूपमा ‘चाडपर्व खर्च’ उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानहरूलाई निर्देशन दिएको छ ।

विभागले आज विज्ञप्ति जारी गर्दै उक्त ध्यानाकर्षण गराइएको हो । ‘श्रम ऐन, २०७४ को दफा ३७’ बमोजिम प्रचलित धर्म, संस्कृति तथा परम्पराअनुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले खाइपाइ आएको ‘एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम’ प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने कानुनी व्यवस्था रहेको छ ।

यदि रोजगारदाता वा प्रतिष्ठानले उक्त सुविधा उपलब्ध नगराए सुविधा नपाउने श्रमिक वा कामदारले आफ्नो कार्यक्षेत्र पर्ने श्रम तथा रोजगार कार्यालय वा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी तथा निवेदन दिन अनुरोध गरेको छ ।

विभागले इमेल मार्फत उजुरी, गुनासो तथा सुझाव दिन अनुरोध गरेको हो । त्यसका लागि क्यूआर कोडको समेत व्यवस्था गरिएको छ ।

विभागका प्रवक्ता मणिनाथ गोपले कतिपय रोजगारदाता तथा प्रतिष्ठानबाट चाडपर्व खर्च उपलब्ध नगराएको गुनासो आइरहेको बताए ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार १४:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।