Logo

प्रमुख समाचार

कमल थापालाइ झड्का दिदै चन्द समूह राप्रपा संयुक्तमा



राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग भएका पूर्वमहामन्त्री जयन्त चन्द र बहालवाला सहायक महामन्त्री भरत पाठकको समूह बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त प्रवेश गर्दै छ । पदाधिकारीसहित १७ जनाभन्दा बढी राप्रपाका केन्द्रीय नेतालाई राप्रपा संयुक्तका अध्यक्षद्वय पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले स्वागत गर्ने कार्यक्रम तय भएको प्रवक्ता राजेन्द्र गुरुङले बताए ।

राप्रपा संयुक्त प्रवेश गर्न लागेकामा पूर्वमन्त्री तथा राप्रपाका पूर्वमहामन्त्री चन्द, बहालवाला सहायक महामन्त्री पाठक तथा केन्द्रीय सदस्यहरू गोविन्द खनियाँ, भरत गिरी, प्रह्लाद शाह, गोविन्द दाहाल, विन्दा गिरी, दिनेश श्रेष्ठ, चिरागमानसिंह कुँवर, भरतबहादुर चन्द, सुन्दर खड्कालगायत छन् । चन्द पूर्वप्रधानमन्त्री तथा राप्रपाका संस्थापक अधयक्ष लोकेन्द्रबहादुर चन्दका छोरा हुन् ।

प्रकाशित मिति : फाल्गुन १५, २०७५ बुधबार  १ : २८ बजे