Logo

प्रमुख समाचार

देउबाको गृह जिल्लामा बाबुरामको यस्तो उद्घोष के भने ?



नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराई आज काग्रेस सभापति शेर बहादुर देउवाको गृह जिल्ला पुगेका छन । पार्टीको जनसंवाद यात्राका क्रममा डडेल्धुराको बसपार्कमा आयोजित कार्यक्रकलाई सम्बोधन गर्दे उनले राजनीतिलाई भ्रष्टाचारमुक्त बनाउनुपर्ने बताएका छन्। विकास र समृद्धिको बाटोमा देशलाई अगाडि बढाउनका लागि राजनीतिलाई भ्रष्टाचारमुक्त बनाउनु पर्नेमा उनको जोड रहेको थियो ।

वाइडबडी, बुढीगण्डकी, एनसेल, ३३ किलो सुन प्रकरणमा हाकाहाकी रुपमा भ्रष्टाचार भएको उनको आरोप छ। जनताले तिरेको करको पैसामा ठूलाठूला भष्टाचार हुने हो भने देश समृद्ध बन्न नसक्ने उनको भनाइ थियो।

‘हिजोका क्रान्तिकारी भनिने कम्युनिस्ट र कांग्रेस लोकतन्त्रवादी भनिने साथीहरूले समेत पन्चायत र राणाकालको जस्तै भ्रष्टाचाराका काण्ड गरे। अझ त्यतिबेला पारदर्शिता भएन। तर आजभोलि जनताले हाकाकाकी थाहा हुने गरेर भ्रष्टाचार गरे।’ उनले भने,‘चाहे वाइडबडी काण्ड भन्नुस् चाहे बुढीगण्डकी प्रकरण भन्नुस्।अथवा एनसेल प्रकरण वा ३३ किलो सुन काण्ड यी त बाहिर आएका कुरा हुन्। भित्री कुरा त कति छ कति उनले थपे ।

उनले भष्टाचार नियन्त्रण गर्ने, नियम कानुन लागू गर्ने, दण्डित गर्ने संस्थाहरू कामजोर भएको बताएका कारण नै अहिले देशमा भष्ट्रचारले हुर्कने अवसर पाएको उनको भनाई रहेको थियो ।निजी क्षेत्रलाई लगानीमा आकर्षित गर्न नसक्दासम्म समृद्धि असम्भव भएको उल्लेख गर्दै उनले लगानीको वातावरण तयार गर्दै अघि बढ्नुको विकल्प नभएको बताएका थिए । माघ १५ गतेबाट सुरु भएको उनको जनसंवाद यात्रा फागुन १५ गते भोलि बुधबार बैतडीको झुलाघाट पुगी गोठलापानीमा समापन गरिने छ।

प्रकाशित मिति : फाल्गुन १५, २०७५ बुधबार  १ : ४१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।