Logo

नेपाल टेलिकमको अटम अफरमा नयाँ भ्वाइस र डाटा प्याक



काठमाडौं । नेपाल टेलिकमले ‘अटम अफर २०८३’ अन्तर्गत ग्राहकका लागि विभिन्न आकर्षक प्याक तथा सुविधाहरू उपलब्ध गराएको छ । कम्पनीले असोज २६ गतेदेखि लागू हुने गरी विभिन्न सुविधासहितका नयाँ भ्वाइस तथा डाटा प्याकेजहरू सञ्चालनमा ल्याएको हो ।

नयाँ अफरअन्तर्गत नेपाल टेलिकमका डाटा तथा कम्बो प्याकेजहरूलाई थप आकर्षक बनाइएको छ । ‘अल नेट भ्वाइस प्याक’ अन्तर्गत ३५, ४९, ९८, १८९ र २९९ रुपैयाँमा क्रमशः १०१, १११, २२२, ३३३ र ६६६ मिनेटका प्याकहरू उपलब्ध गराइएका छन्। यी प्याकहरूको समयावधि क्रमशः १ दिन, ३ दिन, ७ दिन र ३० दिन रहने टेलिकमले जनाएको छ ।

त्यसैगरी ‘सजिलो अनलिमिटेड’ अन्तर्गत ६९९ रुपैयाँमा ३० दिन समयावधि भएको प्याकमा अनलिमिटेड अल नेट भ्वाइस, ३० जीबी डाटा र २०० अल नेट एसएमएस प्रयोग गर्न सकिनेछ । १,४९९ रुपैयाँमा ३० दिन समयावधि भएको प्याकमा अनलिमिटेड अल नेट भ्वाइस, ६०० जीबी डाटा र ३५० अल नेट एसएमएस उपलब्ध गराइएको छ ।

पोस्टपेड प्रयोगकर्ताहरूले ३७३ रुपैयाँ रेन्टल चार्जमै उपलब्ध हुने विभिन्न प्रकारका भ्वाइस र डाटा प्याकका साथै अन्य कम्बो प्याकहरू प्रयोग गर्न सक्नेछन् । यसबाहेक बन्डल्ड प्याक, एड अन प्याकेज, सीयूजी प्याकेज, एसएमएस प्याक, एफटीटीएच प्याक तथा फरक क्षमता भएका व्यक्तिहरूका लागि समेत छुट्टै प्याकेजहरू उपलब्ध गराइएको छ ।

ग्राहकले आफ्नो मोबाइलबाट *1415# डायल गरेर तथा ‘नेपाल टेलिकम’ एपको प्रयोगबाट विभिन्न प्याकेजहरु सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सक्नेछ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत पनि यस सम्बन्धमा विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ ।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलवार १३:४६   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।